आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस, विविध कार्यक्रम गरि मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस, विविध कार्यक्रम गरि मनाईंदै

आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस, विविध कार्यक्रम गरि मनाईंदै, महिला सशक्तीकरण अहिलेको प्राथमिकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई श्रमिक महिला दिवस विविध कार्यक्रम गरि मनाईंदै

आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएकोकाले महिला सशक्तीकरण अहिलेको प्राथमिकता भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले संविधानमा व्यवस्था गरिएको नीतिगत प्रावधान, संस्थागत व्यवस्था गरी कार्यक्रमको थालनीबाट समग्र महिलाहरुको अवस्थामा केही सुधार भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सन्देशमा विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुष प्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरु शैक्षिक, सामाजिक एवम् आर्थिक रुपले पछि परेको उल्लेख गर्नुभउको छ ।

महिलाहरुको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै उहाँले प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २००० मा घोषणा गरेको सहस्राब्दी विकासका लक्ष्यहरु, संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित दिगो विकासका धेरैजसो लक्ष्यमा महिला सशक्तीकरण, समानतासँग सम्बन्धित रहेको उल्ल्ेख गर्नुभयो ।

उहाँले महिला सशक्तीकरण एवं लैङ्गिक समानताका लागि अन्तर्राष्ट्रियस्तरमा भएका घोषणाहरु एवं प्रतिबद्धता संवैधानिक एवं कानुनी व्यवस्था रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);