नारी दिवसको अवसरमा पुरुषको पदयात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नारी दिवसको अवसरमा पुरुषको पदयात्रा

बीरगन्ज, २४ फाल्गुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज बीरगन्जमा पुरुषद्वारा पदयात्रा निकालिएको छ । नारी दिवसको अवसरमा बीरगन्जको घण्टाघरबाट निकालिएको पुरुष पदयात्रा नगर परिक्रमा गरी घण्टाघरमा पुगी विभिन्न कार्यक्रम गरिएको हो ।

महिलाको हकअधिकार सुनिश्चित गर्नका निमित्त यस दिनलाई विश्वव्यापी रुपमा मनाइँदै आइएको हो । पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क,स्वीट्जरल्याण्ड र सन् १९१४, मार्च ८ मा जर्मनीमा मनाइएको यो दिवस अहिले विश्वभरि मार्च ८ कै दिन मनाइन्छ ।

महिलाको मतदान अधिकार सुनिश्चित गर्नका निमित्त उक्त दिनलाई ‘नारी दिवस’का रुपमा मनाइएको थियो । यसको ठीक चार वर्षपछि सन् १९१८ मा मात्रै जर्मनीका महिलाहरुले चुनावमा मतदान गर्ने अधिकारको लडाइमा विजय प्राप्त गरेका थिए ।

नेपालमा पनि यस दिनलाई विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, अभियान सञ्चालन गरेर मनाइँदै आइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);