डढेलोले घेरियो ठोरी बस्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डढेलोले घेरियो ठोरी बस्ती

dadhelo

काठमाडौं, ५ चैत । जिल्लाको ठोरी गाउँपालिकाका बस्ती डढेलोको जोखिममा परेका छन् । सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले घेरिएको ठोरीमा चारैतिर डढेलो लागेपछि छेउछाउका बस्तीमा फैलने जोखिम छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको हो । शनिबार बिहानै सरस्वती सामुदायिक वनमा लागेको आगो वडा नम्बर १ को सरस्वतीनगरस्थित फायर लाइन बस्तीमा सल्किएको थियो । खेतबारीसम्म आइसकेको डढेलो स्थानीय, प्रहरी, सामुदायिक वन समूहका पदाधिकारीले संयुक्त रूपमा नियन्त्रणमा लिएका थिए ।

स्थानीय प्रेम लामाका अनुसार सामुदायिक वनको डढेलो शनिबार बिहान सात बजेदेखि स्थानीयको खेतबारीमा सल्केको थियो । तत्कालै प्रयास थालिए पनि तीन घण्टामा डढेलोले झन् ठूलो रूप लियो । ‘दिउँसो साढे २ बजे बल्ल नियन्त्रणमा आयो,’ लामाले भने, ‘तत्कालको जोखिम टरे पनि ढुक्क हुने अवस्था छैन ।’,यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);