उदयपुरको वनमा एक सातादेखि लागेको डढेलो अझै अनियन्त्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उदयपुरको वनमा एक सातादेखि लागेको डढेलो अझै अनियन्त्रित

udaypur-dadhelo

उदयपुर, ११ चैत । उदयपुरको तीन दर्जन बढी सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा एक सातादेखि लागेको डढेलो निन्त्रणमा आउन सकेको छैन । चुरे र महाभारत जंगलमा डढेलो लाग्दा बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन् ।

डढेलोको कारण जंगली जनावर र चराचुरुङ्गी समस्यामा परेका छन् । त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाको तीन दर्जन बढी सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा एकसाता अघिदेखि डढेलो लागेको हो ।

डढेलोका कारण जिल्ला समुदरमुकाम गाईघाट आसपासका बस्तीका साथै बेल्टार, रामपुर र कटारी बजारसँगै दर्जनौ वस्ती डढेलोको जोखिममा परेको स्थानीयले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);