जिल्ला अस्पतालमै छैन जीवनजल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

जिल्ला अस्पतालमै छैन जीवनजल

सुर्खेत।  सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ,  जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ।

झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन । अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन् । झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

‘हामी बिहानैदेखि बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रुपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ।

किन्छुभन्दा समेत बिरामीहरुले पाएको छैन् । ‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन, के हो ? ’ भन्ने  प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पसुराम नेपालीले जीवनजल अभाव भएको एक महिनादेखि नभई दुई–तीनदेखि भएको बताए ।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरु समेत अभाव छ। राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषध पाउने गरेका स्वस्थ्य सेवा कार्यालय मुगले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);