मधेशवादी दललाई अलग राखेर जारी भएको संविधान स्वीकार गर्न सकिँदैन : यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मधेशवादी दललाई अलग राखेर जारी भएको संविधान स्वीकार गर्न सकिँदैन : यादव

काठमाडौं, ३ असोज । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पार्नु भएको छ ।

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको पनि चर्को आलोचना गर्नु भयो । ‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उहाँको भनाई थियो, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्विकार गर्ने अवस्था रहेन ।’

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा प्राप्त संघीयता र गणतन्त्र नमास्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिनु भयो । संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);