संविधान संशोधन नगरे समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संविधान संशोधन नगरे समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी

धनगढी, २१ जेठ । समाजवादी पार्टीका अध्यक्ष तथा उप प्रधानमन्त्री उपेन्द्र यादवले सरकारले संविधान संशोधन नगरे पार्टीले अन्यथा निर्णय गर्नसक्ने चेतावनी दिनु भएको छ । मंगलबार पार्टीको प्रादेशिक अभिमुखीकरण गोष्ठीमा सहभागी हुन धनगढी आउनुभएका यादवले संविधान संशोधन गर्ने सर्तमा कम्युनिष्ट सरकारलाई समर्थन गरेको तर दुई तिहाई सरकारले संविधान संशोधन नगरे पार्टीले समर्थन फिर्ता लिने समेत यादवले चेतावनी दिनुभयो ।

संघीय सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सन्तुलित रुपमा वितरण नभएको र बजेट निर्माणमा आफुहरुको कुनै सहभागी नभएको पनि उहांले स्पष्ट पार्नु भयो ।

पार्टीकै प्रादेशिक अभिमुखीकरण गोष्ठीमा सहभागी हुन धनगढी आउनु भएका समाजबादी पार्टीका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्टहरुको भरपर्दो विकल्पको रुपमा समाजवादी पार्टीलाई स्थापित गर्नु नै आफुहरुको मुख्य उद्देश्य रहेको बताउनु भयो । कम्युनिष्ट सरकारप्रति जनताहरुको बढ्दो निराशाको अन्तिम विकल्पनै समाजवादी पार्टी भएको भट्टराईले दाबी गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);