प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न सकेनन् : रामकुमार झाँक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न सकेनन् : रामकुमार झाँक्री

ramkumari jhakri

काठमाडौं, २१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाउनु भएको छ । सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा बोल्दै उहाँले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाश रसाइलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन नसकेको बताउनु भयो । उहाँले युवाहरुलाई परिचालन गरेर देश बनाउने अभियानमा सरकार क्रियाशील नभएको दावी पनि गर्नु भयो । सांसद रसाइलीले युवाहरुलाई स्वदेशमै परिचालन गर्न सके मात्रै मुलुक समृद्धिको बाटोमा अग्रसर हुने स्पष्ट पार्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);