सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छः सांसद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छः सांसद पाण्डे

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरुलाई सिर्जन्शील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको बताउनु भयो ।

उहाँले आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले । खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको बताउनु भयो । १६५ निर्वाचन क्षेत्रमध्ये कम्तिमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने बताउनु भयो ।

सांसद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बद्नाम हुनुपरेको बताउनु भयो ।

Leave a Reply