प्रधानमन्त्रीले संघीय प्रणालीको उल्लंघन गरेको उपेन्द्र यादवको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्रीले संघीय प्रणालीको उल्लंघन गरेको उपेन्द्र यादवको आरोप

Upendra Yadav

काठमाडौं, ४ चैत । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रणालीको उल्लंघन गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा समाजवादी फोरमका अध्यक्ष यादवले कैलालीमा बोक्सीको आरोपमा कुटपिट गर्नेमाथि कार्बाही गर्न प्रहरीलाई निर्देशन दिएर प्रधानमन्त्रीले संघीय प्रणलीको उल्लंघन गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले सम्बन्धित प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको उनको तर्क छ । त्यस्तै उनले राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीलाई पक्राउ गर्ने अधिकार पनि केन्द्र सरकारलाई नभएको बताए ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको भन्दै जनता र नागरिक समाजको सुझबुझ अनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताए ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डण्डा बर्साएर गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको आरोप लगाए । कांग्रेस नेता रिजालले सत्ताको आडमा थिचोमिचोको राजनीति गर्ने अधिकार लोकतन्त्रमा कसैलाई पनि नहुने तर्क गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);