फोरम सरकारमा जान लागेकोमा राजपाको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

फोरम सरकारमा जान लागेकोमा राजपाको असन्तुष्टि

काठमाडौं, १८ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले संघीय समाजवादी फोरम नेपाल सरकारमा जान लागेकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

पार्टीका नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपाल सरकारमा जान लागेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले मधेशका जनताको मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गरेर मात्रै सरकारमा जान पनि फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सुझाव दिए ।

नेता सुमनले प्रधानमन्त्री केपी शर्मा ओली मधेशमा गए अझै पनि दुव्र्यवहार हुने सम्भावना रहेको उनले बताए । मधेशको माग सम्बोधन गर्न नचाहेकै कारण प्रधानमन्त्री ओलीप्रति मधेशका जनता आक्रोशित रहेको उनको भनाई थियो ।

महासचिव सुमनले संविधान मधेशका जनताको पक्षमा नभएकाले नै आफूहरुले संशोधनको मागलाई निरन्तर उठाईरहनु परेको बताए ।