रसुवामा वाम गठबन्धनका कार्यकर्ताको मोटरसाइल आगजनी गर्ने ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रसुवा, ४ मंसिर। रसुवामा निर्वाचनका लागि प्रयोग गरिएका मोटरसाइकल आगजनी गर्ने ४ जना पक्राउ परेका छन् ।

निर्वाचनमा प्रयोग गरिएका वाम गठबन्धनका कार्यकर्ताको मोटरसाइकल गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा जलाएका हुन्।

जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा वाम गठबन्धनले मोटरसाइकल पार्किङ गर्न खोज्दा विवाद भएपछि मोटरसाइकल आगजनी गरिएको प्रहरीले जानकारी दिएको हो।

घटनापछि बेबारिसे अवस्थामा छाडिएका ७ ओटा मोटरसाइकल र एउटा स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);