काठमाडौ ।
२४ भदौको जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै प्रहरीको मोटरसाइकल आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका(८ घर भएका २० वर्षीय तीर्थमान तामाङ छन् ।
उनलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।२४ भदौको जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्तिले बलम्बुको प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।प्रहरीको क्युआरटी मोटरसाइकल जलाउनुका साथै कार्यालयका सामानहरु समेत चोरी गरेर लगिएको प्रहरीले बताएको छ ।




