पप्पुले जिम्मा लिएको पर्साको तिलावे पुल जीर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पप्पुले जिम्मा लिएको पर्साको तिलावे पुल जीर्ण

tilwawe pul

पर्सा, ३१ भदौ । पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगंजको सेतुको रुपमा रहेको बिन्दवासिनीस्थित तिलावे पुलको अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । नयाँ पुल निर्माण गर्ने समयअवधि सकिँदा पनि एउटा पिलरको संरचना बाहेक केही निर्माण भएको छैन ।

अर्काेतिर पुलमा हुने जामका कारण आवातजावन गर्ने यात्रुहरु आजित भएका छन् । पुलमा हुने अत्यधिक भारले जोखिम पनि बढेको छ ।

२०५१ सालमा उद्घाटन पश्चात संचालनमा आएको पर्साको यो फलामे तिलावे पुल अहिले जीर्ण अवस्थामा पुगेको छ । यस पुलबाट दैनिक हजारौँ सवारी साधन र यात्रुको आवातजावात हुने गर्दछ । लगभग २५ बर्षपछि अहिले यो पुलको पायाहरु बिग्रिएका छन् । यसमा प्रयोग भएको अन्य फलामजन्य सामाग्री खियालागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

ठुलो सवारी साधानहरु पुलबाट आवागमन गर्दा जुनसुकै बेला ठुलो दुर्घटना हुने जोखिम देखिन्छ । पुलकै कारण दैनिक घण्टौँसम्म जाम हुने गरेको सर्वसाधारण यात्रुहरुको गुनासो छ ।

गत जेठमा जाममै परेर उपचारका लागि जाँदै गरेका एक जना गर्भवती महिलाको मृत्यू भएको थियो । तत्पश्चात केही दिनका लागि पुलको डाईभर्सन निर्माण गरी सवारीको चापलाई घटाउने प्रयास गरिएको थियो । तर अषाढ र श्रावणमा आएको बाढीले सो डाईभर्सन बिग्रीएपछि समस्या फेरि जस्ताको तस्तै भएको छ ।

यो पुल पुननिर्माणका लागि पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको भए पनि काम अघि बढ्न नसक्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

चार्डपर्व अगाडि नै डाईभर्सन बनाई तत्कालका लागि राहत प्रदान गर्ने काममा लाग्ने वीरगञ्ज महानगरपालिका १९ का वडा अध्यक्ष सन्तोष तिवारीले जानकारी दिनुभयो ।

यता, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई समस्या सामाधानका लागि आठ नौ महिनादेखि निरन्तर ताकेता गरिरहेको बताउनु हुन्छ । निर्माणको जिम्मा लिएको कम्पनीले एक वर्ष भित्र नबनाए ठेक्का रद्द गरिने तयारी गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);