पर्सामा ७ वर्षदेखी दुईवटा पुल अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्सामा ७ वर्षदेखी दुईवटा पुल अलपत्र

pul

अनुप तिवारी
बीरगन्ज, १४ भदौ । पप्पु कन्सट्रक्शनले निर्माण गरेको पर्साको बिन्दवासनी गाउँपालिकाको पसौनी र गर्दवल गाउँ जोगने नवरंगीया पुल भासिएर एक वर्ष देखी अलपत्र छ ।

निर्माणको अन्तिम प्रकृयामा रहेको पुलको दुबै तर्फको सलैब भासिएपछि विगत एक वर्ष देखी पुल अलपत्र परेको हो । ३ करोडको लागतमा निर्माण भएको पुलको जग भासिएपछि पुलमा अहिले सवारी साधन आवागमन समेत रोकिएको छ । अनुगमन समितीले निर्माण गरेको पुल संतोषजनक नभएको बताएपछि अहिले पुल हस्तान्तरण कार्यक्रम समेत अन्योलमा परेको छ ।

२०६८ साल साउन २७ गते सडक विभागले निर्माण कम्पनीसँग सम्झौता गर्दा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । ३ वर्ष ढिलोगरी निर्माण भएको पुल हस्तान्तरण नहुँदै दुवै एप्रोच स्लेब भाँसिएका छन् । पुलको दुबै किनारमा निर्माण भएका खम्बा पनि बांगिएका छन् ।

स्थानीयले पुलको गुणस्तरमाथि प्रश्न उठाउँदै विरोध गरेपछि हाललाई पुल हस्तान्तरण कार्य समेत रोकिएको छ । जिल्ला समन्वय समितिमा पुल अनुगमन र निरीक्षणका लागि निवेदन समेत दर्ता भएको छ । सडक विभागले समेत एप्रोच स्लेब, एप्रोच सडक मर्मतका ठेकेदार कम्पनीलाई पत्राचार गरेको जिल्ला समन्वय समितीका पर्साका संयोजक नेक महम्द अंसारी बताए ।

२०७४ साउनमा पुल भासिएपछि त्यसको हस्तनान्तरण रोकिएको र छानविन गरी दोषीलाई कारर्वाही गर्ने कार्य भइरहेको जिल्ला समन्वय समितीका पर्शााका संयोजक अन्सारीको भनाई थियो । पुल भएको क्षेत्रबाटै प्रतिनिधिसभामा निर्वाचित भएका हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक हुदा सडक विभाग संग पुल निर्माणको सम्झौता भएको थियो ।

रौनियार सांसद भएपछि पप्पु कन्सट्रक्शनको प्रबन्धकको जिम्मेवारी उनले छोरा सुमित रौनियारलाई दिएका छन् । सासंद रौनियार कै निर्वाचन क्षेत्रमा पर्ने पर्साको एकटंगा र हरपुरबीचको तिलावे खोला पप्पु कन्सट्रक्शनले ठेक्का लिइएको विगत ७ वर्ष वितिसक्दापनि पुल निर्माण भएको छैन् ।

पर्साको बजियान र थरुहट क्षेत्रलाई जोड्ने पुल समयमै नबन्दा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । सडक विभागले ०६८ साउन २७ मा पर्साकै पप्पु कन्स्ट्रक्सनसँग ०७० साउन २७ सम्ममा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । ३ करोड ३१ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुलको ठेक्का पप्पुले २ करोड १४ लाख रुपैयाँमा सकारेको थियो ।

५ वर्ष अगाडि नै निर्माण सकिनुपर्ने पुलको हालसम्मको भौतिक प्रगति ४५ प्रतिशत र आर्थिक प्रगति २२ प्रतिशत मात्र पुगेको सडक विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);