लागु औषध तथा हातहतियार सहित रुकुममा ४ जना प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लागु औषध तथा हातहतियार सहित रुकुममा ४ जना प्रक्राउ

gaja and hatiyar

काठमाडौं, १४ भदौ । प्रहरीले लागु औषध तथा हातहतियार सहित रुकुममा ४ जनालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका–७ का १८ बर्षिय तिलक रावत, दाङ तुलसीपुर उपनगरपालिका–५ का २१ बर्षिय रोशन गौतम, सोहि ठाँउकै १९ बर्षिय रविन राज लवत र लमही नगरपालिका ५ का २१ बर्षिय सुरज घर्ति मगर रहेका छन । प्रक्राउ परेका सवैजनालाई जिल्ला प्रहरी कार्यालय रुकुमले मंगलवार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ सिम्ली बजारमा भद्र बहादुर ओलीको घरमा डेरा गरि बसिराखेका चारै जनाले कोठामा लागूऔषध संचय गरेर सेवन गरिराखेको प्रहरीलाई गोप्य सूचनाको आधारमा गएको टोलीले सोमबार ४ जनालाई पक्राउ गरेको हो ।

प्रक्राउ परेकाहरुको साथबाट ५० ग्राम गाँजा सहित नक्कली पेस्तोल, खुकुरी, कटारी र नक लगायतका वस्तुहरु वरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । प्रक्राउ परेकाहरुलाई लागू औषध, गाँजा सेवन तथा संचित गरेको अभियोगमा मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);