व्यापारीको हत्यामा संलग्न भएको आरोपमा ३ जना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

व्यापारीको हत्यामा संलग्न भएको आरोपमा ३ जना सार्वजनिक

कैलाली, ५ असोज । प्रहरीले कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी रामप्रसाद जैशीको हत्यामा संलग्न भएकाे अाराेपमा ३ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले तीनै जनालाई सार्वजनिक गरेको हाे । हत्याको अभियोगमा प्रक्राउ परेकामा जोशीपुर बजारका ४१ वर्षीय गंगाराम चौधरी र ३८ वर्षीय राजकुमार डगौरा रहेका छन् ।

त्यसैगरी, घट्नामा सहयोग गरेको अभियोगमा टीकापुर नगरपालिका–३ घर भई गोदावरी नगरपालिका–८ मा पसल गरी बस्ने डम्मर चौधरीलाई समेत प्रक्राउ गरेको छ । प्रहरीले मृतक जैशीसंग पर्याप्त पैसा भएको र लुट्ने उद्देस्यले हत्या गरिएको हुनसक्ने जनाएको छ ।

छोराछोरी सहित श्रीमती तीज मनाउन माइत गएको वेला मसिनो तारले जौशीको घाँटी कसेर हत्या गरेको हुनसक्ने कैलालीका नायब प्रहरी उपरीक्षक हरी बहादुर वलीले बताए । हत्यामा संलग्न भनिएका राजकुमारले यस अघि मलेसिया जाँदा जैशीबाट रकम लिएको खुल्न आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);