चाडपर्व नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चाडपर्व नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव

petrol line

नरेन्द्र खनाल

काठमाडौं, ४ असाेज । चाडपर्व नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव देखा पर्न थालेको छ । सरकार र ट्याङ्कर चालकबीचको किचलोले चाडपर्वको मुखमा आएर एक्कासी देखिएको इन्धन अभावले सर्वसाधारणहरुमा निराशा र आक्रोश उत्पन्न भएको छ ।

बजारमा इन्घनको अभाव भएसँगै बिभिन्न पेट्रोल पम्पहरुमा सर्बसाधारणहरुको भिड लागेको छ । नेपाल आयल निगमले अहिले देखा परेको पेट्रोलियम पदार्थको अभावको मुल कारण ट्याङ्कर चालकको लापर्बाही भएको बताएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोईतले अहिलेको बजारमा देखिएको इन्धन अभावको समस्या अरु केहि नभएर ट्याङ्कर चालकहरुले ट्याङ्कर नचलाएका कारणले उत्पन्न भएको बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);