अख्तियारका प्रमुख आयुक्त घिमिरेद्वारा शपथपछि पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अख्तियारका प्रमुख आयुक्त घिमिरेद्वारा शपथपछि पदभार ग्रहण

काठमाडौँ, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पद तथा गोपनीयताको शपथ खाएका छन् । पद तथा गोपनीयताको शपथ खाएसँगै उनले पदभार समेत ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा उनले सपथ खाएका थिए । त्यसपश्चात उनले अाज साँझ टंगालस्थित अख्तियारको मुख्यालयमा पुगेर पदभार गहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त घिमिरेलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले अख्तियारगको प्रमुख आयुक्तमा घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

योग्यता, क्षमता र अनुभवको आधारमा घिमिरेलाई प्रमुख आयुक्त बनाउने संवैधानिक परिषदको निर्णय अनुमोदन गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए ।

संवैधानिक परिषदको गत भदौं २० गते बसेको बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);