४० लाख फिरौती माग्ने एक युवतीसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

४० लाख फिरौती माग्ने एक युवतीसहित चार जना पक्राउ

झापा, ७ साउन । प्रहरीले झापाको बिर्तामोड–४ का एक व्यापारीलाई ‘हनिट्रयाप’ मा पार्दै ४० लाख रकम फिरौती माग्ने एक युवतीसहित चार जनालाई पक्राउ गरेको छ। सामाजिक संजालमार्फत् सम्पर्क गरेर प्रेम गर्ने बहाना गर्दै आफ्नो स्वार्थ पूरा गर्ने र फिरौती माग्ने उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । यसलाई प्रहरीले ‘हनिट्रयाप’ को नाम दिएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज खान, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दाजिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरुले झापाका एक व्यापारीलाई फसाउनका लागि रितु फियाकको प्रयोग गरेका थिए । रितुले व्यापारीलाई कोठामा बोलाएर अश्लिल गतिविधी गर्दै गरेको अवस्थामा अभियुक्तहरुले भिडियो रेकर्ड गरी कुटपिट गर्दै फिरौती माग गरेको प्रहरीको दाबी छ ।

उनीहरुको समूहले सुरुमा ती व्यापारीसँग ५० लाख माग गरेका थिए । प्रहरीले पिडितको उजुरीका आधारमा अनुसन्धान गरी सोही दिन उनीहरुलाई झापाको चारआलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताउनुभयो ।

उनीहरुमाथि शरीर बन्धक बनाई आपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागू औषध वारदातमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा दुई जना महिलालाई जवरजस्ती यौन धन्दामा लगाएकोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका अभियुक्त समेत रहेको खुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);