सटर फोडेर चोरी गर्दै गरेका चार जना पक्राउ, ३ राउण्ड गोली हानेर नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सटर फोडेर चोरी गर्दै गरेका चार जना पक्राउ, ३ राउण्ड गोली हानेर नियन्त्रणमा

JANAKPUR

जनकपुर, ९ असोज । जनकपुर बजारको मध्यभागमा सटर फोडेर चोरी गर्दै गरेका दुई भारतीयसमेत चार जना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको गेटै अगाडि रहेको जनकपुर फर्निसिङमा बिहीबार बिहान करिब साढे तीन बजे सटर फोडेर फग्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

दुई जनालाई घटनास्थलबाटै ३ राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिइएको र अन्य दुई जनालाई घटनास्थलदेखि करिब डेढ किलोमिटर पर पुल चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

चोरी कार्यमा संलग्न रौतहटको गौर घर भई जनकपुरधाम –४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिँह, रौतहटकै वृन्दावन नगरपालिका –१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला, वैरगनीया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम –४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन रहेका छन् । पक्राउ परेका मध्ये विनोद सिंहलाई प्रहरीको गोली लागेको छ उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जना भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);