खसी बजारमा पनि बिचौलिया नै हाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खसी बजारमा पनि बिचौलिया नै हाबी

khasi boka

काठमाडौं, ९ असोज । अन्यक्षेत्र सरह चौपाया क्षेत्रमा पनि बिचौलियाहरु हाबी हुने गरेका छन् । पशु सेवा विभागका अनुसार व्यापारीहरुले किसानबाट प्रतिकिलो जिउँदो खसी ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा खरिद गर्छन् ।

ती खसीबोका काठमाडौंमा प्रतिकिलो ६ सय रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको विभागका महानिर्देशक वंशी शर्माले बताए।

‘किसानबाट प्रतिकिलो साढे ३ सय देखि साढे ४ सय रुपैयाँमा खरिद गरिएको जिउँदो खसी उपभोक्ताले तयारी मासु खरिद गर्दा १३ सयदेखि १५ सय रुपैयाँमा तिरेको गुनासो छ,’ महानिर्देशक शर्माले भने, ‘उपभोक्ताले तिर्नु परेको तयारी मासुको मूल्य स्वभाविक र न्यायोचित देखिदैन।’

चौपाया व्यवसायी संघ कलंकीका निवर्तमान अध्यक्ष दिपक थापाले पनि किसानले मूल्य नपाएको स्वीकार गरे। ‘अहिलेको सन्दर्भमा किसानले खसीको मूल्य पाएका छैनन। तर, किसानको पहुँचमा व्यवसायीसँगै राज्य पनि पुग्न सकेन,’ थापाले भने, ‘जसले गर्दा समस्या भएको हो।’

विभागले एउटै खसीमा व्यवसायीले दोब्बर मूल्य लिएको दाबी गरेपनि व्यवसायीहरुले भने प्रतिकिलो १ सय रुपैयाँसम्म नाफा राखेको बताउँछन्। सघका अनुसार ग्रामिण क्षेत्रमा खसीको मूल्य फरक/फरक छ।
‘सहजकर्ता(बिचौलिया)ले किसानसँग प्रतिकिलो ५ सय रुपैयाँसम्ममा खरिद गर्छन्। प्रतिकिलो १ सय रुपैयाँसम्म नाफा राखेर कलंकी बजारमा बिक्री गर्छन्,’ निवर्तमान अध्यक्ष थापाले भने, ‘सहजकर्ताबाट खरिद गरिएको मूल्यमा प्रतिकिलो करिब २०/२५ रुपैयाँको मुनाफा राखेर बिक्री गर्छौँ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);