'जल तथा मौसम सप्ताह' मनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘जल तथा मौसम सप्ताह’ मनाउने सरकारको तयारी

water

काठमाडौं, १ चैत । सरकारले ‘जल तथा मौसम सप्ताह’ मनाउने भएको छ । जल तथा उर्जा आयोगको बिहिबिार पत्रकार सम्मेलन गरी सचिवालयले विश्व पानी दिवस र विश्व मौसम दिवसको अवसर पारेर आगामी चैत्र ३ गतेदेखि ९ गतेसम्म राष्ट्रव्यापी रुपमा जल तथा मौसम सप्ताह मनाउन लागिएको जानकारी गराएको हो ।

संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा हरेक वर्ष मार्च २२ तारिकका दिन विश्व पानी दिवस र मार्च २३ तारिकका दिन विश्व मौसम दिवस मनाउने गरिन्छ । यस वर्ष विश्व पानी दिवसको नारा ‘पानीका लागि प्रकृति’ भन्ने तय गरिएको छ भने विश्व मौसम दिवसको नारा ‘मौसमप्रति सचेत रहौं’ भन्ने तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);