विश्व अहिंसा दिवस, विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विश्व अहिंसा दिवस, विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै मनाइँदै

काठमाडौं । २ अक्टुबर अर्थात् विश्व अहिंसा दिवस । विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै आज विश्व अहिंसा दिवस मनाइँदैछ । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले भारत स्वतन्त्रतामा योगदान पु¥याएका महान व्यक्तित्व महात्मा गान्धीको जन्मोत्सवको अवसर पारेर २ अक्टुबरलाई विश्व अहिंसा दिवस घोषणा गरेको थियो ।

विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए । 

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व अहिंसा दिवस मनाउने गरिन्छ । यस वर्ष पनि देशका विभिन्न संघसंस्थाले देशभर र्‍याली, अन्तर्क्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् । साथै हरेक वर्ष नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै मनाउने गरेको छ । यस वर्ष पनि यसले निरन्तरता पाएको छ । 

के अहिंसा दिवस नारामा मात्र सिमित भएको हो त ?
एकातर्फ अहिंसा दिवस मनाउने र अर्कोतर्फ आणविकजस्ता घातक हतियारको परीक्षण तथा आयात, निर्यात भइरहँदा यस दिनको महत्वलाई विश्व समुदायले अझै पनि बुझ्न नसकेको देखिन्छ ।

‘सिरानीमा बन्दुक राखेर शान्ति र अहिंसाको सपना’देख्न खोज्ने प्रवित्ति जबसम्म हामी माझ रहि रहन्छ तबसम्म यस्ता दिवसहरू नारामा र भित्तामा झुण्डाइएका क्यालेण्डरका पानामा मात्र सीमित हुने छन् ।

विश्व अहिंसा दिवसको सुरुवातकर्ता तथा महात्मा गान्धीको देशमा आज हतियारको भण्डारण क्षमता कति प्रतिशतले बढाउने भन्ने विषयमा चर्चा हुनुले पनि गान्धीको जन्मजयन्ती तथा अहिंसा दिवस दुबैलाई प्रहार गरिरहेको छ । 

अहिंसा दिवस, मनाउनका लागि मात्र हो वा यस दिवसको महत्व तथा आवश्यकतालाई स्वीकार गर्ने हो ? भन्ने प्रश्न अहिले विश्व समुदाय माझ तेर्सिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);