आज अन्तराष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, १६ असोज ।  आज नवौं अन्तराष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तराष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र संघका १सय ९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएको छ ।

दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);