गुलरियामा यस्तो झडप, अश्रुग्यास र हवाइ फायरपछि अनिश्चितकालिन कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्दिया, १६ असोज । बर्दियाको सदरमुकाम गुलरियामा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ। आइतबार राती गुलरिया नगरपालिका ११ लालपुरमा ताजिया विसर्जन गर्ने र मुर्ती विजर्सन गर्ने समुहबीच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा ५ जना घाइते भएपछि यो अवस्था आएको हो।

साँझ भएको झडप साम्य पार्न प्रहरीले १ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको थियो। आज झडप हुनसक्ने देखिएपछि सदरमुकाम गुलरियामा अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);