बर्दियामा २३ घण्टा लामो कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

 

बर्दिया, १७ असोज । बर्दियाको सदरमुकाम गुलरियाको लालपुर आसपासमा लागेको कर्फ्यू २३ घण्टापछि हटाइएको छ ।

आइतबार राती मुर्ती विर्सजन गर्ने बिषयलाई लिएर दूई समूहबीच झडप भएपछि स्थिती सामान्य पार्न गुलरिया नगरपालिका वडा नम्बर ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा हिजो बिहान १० बजेदेखि कर्फ्यू लगाइएको थियो।

सो कर्फ्यू आज बिहान ९ बजेदेखि हटाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। २३ घण्टादेखिको कर्फ्यू हटेसँगै जनजीवन केहि सामान्य बनेको छ।

ताजा समाचार