बस र कन्टेनर एकाआपसमा ठोक्किँदा चालकसहित ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

नुवाकोट, १७ असोज ।  आज बिहान बस र कन्टेनर एकाआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर विदुर नगरपालिका–५ माझीटारमा ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएका हुन् ।

घाइतेको अहिले जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ भने केहीलाई उपचारका लागि काठमाडाँै ल्याइएको छ ।