आज ४० औं विश्व पर्यटन दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज ४० औं विश्व पर्यटन दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

tourism DEWASH

काठमाडौं, १० असोज । आज ४० औं विश्व पर्यटन दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै सो दिनको संस्मरणमा सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउने परम्परा शुरु भएको हो ।

यस वर्ष विश्वभर ‘टुरिजम एन्ड जब्सः अ बेटर फ्युचर फर अल’ अर्थात (पर्यटन र रोजगारः सबैका लागि राम्रो भविष्य) भन्ने रहेको छ । दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा सम्बन्धीत विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ । दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);