३९ औं विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

३९ औं विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो

काठमाडाैं, ११ असाेज । आज ३९ औं विश्व पर्यटन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । पर्यटन दिवसका अवसरमा देशका प्रमुख पर्यटक गन्तव्य स्थलहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको हो ।

बारा स्थित होटल तथा पर्यटन व्यवसायी संघले पर्यटन दिवसका अवसरमा यात्रुहरुलाई स्वागत गरेको छ । संघले काठमाडौंबाट सिमरा जाने पहिलो विमानका यात्रुलाई सम्मान गरेको हो ।

त्यसैगरी, चितवनको पर्यटकीय नगरी सौराहामा पनि पर्यटक दिवसको अवसरमा तीन दिने कार्यक्रम घोषणा गरिएको छ । संघले बिहीवार पहिलो दिन ७ वटा नयाँ गन्तव्य सहितको टुर प्याकेज घोषणा गरेको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले टुर प्याकेजको उद्घाटन गरेका हुन् ।

यता, विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड, गड्डाचौकी, कञ्चनपुरले विभिन्न कार्यक्रम गरेको छ । गड्डाचौकीले, नेपाल भित्रिने पर्यटकलाई स्वागत गरेको हो । अद्यागमन कार्यालय गड्डाचौकीका अनुसार करीब ५ वर्षको अवधिमा १२ हजार ७ सय ५५ पर्यटक नेपाल भित्रिएको तथ्यांक समेत सार्वजनिक गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);