भाडा वृद्धिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) विरोधमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भाडा वृद्धिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) विरोधमा

काठमाडौं, ११ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा गरिएको दश प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहीबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) ले मिनभवनस्थित विभागको कार्यालयमा बिहीबार दिउँसो एक घण्टा प्रदर्शन सहित धर्ना दिँदै यातायातमा गरिएको १० प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

यातायातमा भाडा वृद्धि गर्ने सरकारको पछिल्लो निर्णय खारेज गर्न माग गर्दै अनेरास्ववियूले विभागको कार्यालयमा एक घण्टे धर्नासहित विरोध प्रदर्शन गरेको संगठनका सचिव पवन कार्कीले जानकारी दिए ।

त्यस अवसरमा अनेरास्ववियू (क्रान्तिकारी)ले यातायातमा गरिएको भाडा वृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी सहितको ज्ञापन पत्र पनि विभागका महानिर्देशक लावन्यकुमार ढकाललाई बुझाएको छ ।

दसैंको मुखैमा यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेकोमा सरकारको चर्को आलोचना हुँदै आएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले पनि मूल्य वृद्धि गर्ने सरकारको सो निर्णय फिर्ता नभए आफूहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);