१६ औं अनशन बस्ने डा. केसीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१६ औं अनशन बस्ने डा. केसीको चेतावनी

प्रकाश ढकाल
काठमाडौं, ११ असोज । डा. गोविन्द केसीले १६ औं अनशन बस्ने चेतावनी दिएका छन् । चालू वर्षे अधिवेशनबाटै चिकित्सा शिक्षा विधेयक पास नगरे फेरी अनशन बस्ने उनले चेतावनी दिएका छन् ।

संसदको वर्षे अधिवेशन सकिनु अघि बुधवार विहान वरिष्ठ चिकित्सक डा गोविन्द केसीले फेरी अनसन बस्ने चेतावनी दिएका हुन् । आफुसँग भएको सम्झौता कार्यान्वयन नभए शासन गर्नेहरुलाई जवाफदेही बनाउन पुनः १६ औँ सत्याग्रह सुरु गर्न बाध्य हुने उनले बताए ।

डा. केसीको चेतावनीका सम्बन्धमा सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक छिट्टै छलफलमा लैजाने बताए । उनले मौलिक हक लगायतका ऐनहरु निर्माण गर्दा चिकित्सा शिक्षा विधेयक छलफलमा लान केही बिलम्ब भएको बताए ।

वर्तमान सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी बुँदाहरु हटाएर स्वास्थ्य माफियाहरुको स्वार्थ पूरा गर्ने उद्देश्यले विधेयक प्रस्तुत गर्न ढिलाई गरेको डा केसीको आशंका छ ।

माफियाहरुहरुको स्वार्थ पूरा नहुने भएकाले यसलाई विभिन्न बहानामा निस्तेज बनाउन संसदमा समयमै गम्भीर छलफल नगरिएको केसीका समर्थकहरुले आरोप लगाएका छन् ।

२७ दिने लामो सत्याग्रह टुंग्याउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका नेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेलको उपस्थितिमा सम्पुर्ण सुझावहरु समेटेर विधेयक पारित गर्ने सम्झौता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);