वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८१, शनिबार

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

bike drive

गुल्मी, १२ असोज । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।

तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् ।

मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई चालक राखेका हुन् । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा पुर्याउनु हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);