साना सवारीले खोलेनन् अग्रिम टिकट | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

साना सवारीले खोलेनन् अग्रिम टिकट

micro-hayas

काठमाडौं, १० असोज । दसैंका लागि साना सवारीसाधन (टाटा सुमो, हायस, माइक्रो)को टिकट बुकिङ खुल्न सकेको छैन। यातायात व्यवस्था विभागले सबै सवारीसाधनको टिकट बुकिङ खुलेको दाबी गरिरहेको छ। यात्रुले भने टिकट पाएका छैनन्।

रौतहटका आकाश चौधरी दसैंका लागि टिकट लिन दिनहुँ बल्खु धाइरहेका छन्। तर, यातायात व्यवसायीले दसैंका लागि सवारीसाधनको सुनिश्चिता गर्न नसक्ने भन्दै टिकट बुकिङ गर्न नमानेको उनको गुनासो छ। ‘५ गतेदेखि नै टिकट बुकिङ खुलेको भन्ने सुनेको छु। तर पाँच दिन भइसक्यो टिकट पाउन सकिएको छैन’, चौधरीले भने, ‘यातायात व्यवसायीले दसैंको मूखमा महँगो मूल्यमा टिकट बिक्री गर्न यस्तो गरेका हुन्।’

सोलुखुम्बुका फर्वा शेर्पा दसैंको टिकट लिन चाबहिल धाइरहेका छन्। गौशालामा फेन्सी व्यवसायी गर्ने उनी असोज १९ गते घर जाने टिकट लिन आएका हुन्। ‘टिकाको एक दिन घर जाने योजनामा छु। टिकटको चाँजो मिलाउन आएको हो,’ शेर्पाले भने, ‘तर टिकट बुकिङ खुलेको छैन।’ अघिल्लो वर्ष पनि टिकट बुकिङ नहुँदा दोब्बर भाडा तिरेर घर गएको उल्लेख गर्दै उनले भने, ‘सरकारले यातायातको सिन्डिकेट अन्त्य गरेको घोषणा गरेको छ। तर अहिले पनि यातायात क्षेत्रमा विकृति कायमै छ।’

यी त प्रतिनिधि पात्र मात्र हुन्। साना सवारीसाधनले विगतका दसैंमा पनि टिकट बुकिङ खुलाउने गरेका थिएनन्। यसले गर्दा यात्रु दसैंमा महँगो मूल्यमा टिकट लिन बाध्य भइरहेका छन्। साना गाडीलाई टिकट बुकिङ नगर्दा पनि यातायात व्यवस्था विभागले नियमन गर्न नसक्दा समस्या देखिएको सार्वजनिक यातायात व्यवस्थापनका अभियान्ता रामबहादुर थापा बताउँछन्। यो समाचार अन्नपुर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);