दसैंको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दसैंको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने

काठमाडौं, ८ असोज । दसैंका लागि अग्रिम टिकट बुकिङ मंगलबार (भोली)बाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार ललितपुरमा बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले मंगलबारबाट दसैं टिकट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

दसैंका लागि भोलिबाट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए ।

सरकारले यातायातको भाडादर १० प्रतिशत बढाउने निर्णय गरे लगत्तै महासंघले दसैंको अग्रिम टिकट बुकिङले खुला गर्ने निर्णय गरेको हो । महासंघले दसैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापन लगायतका समिति पनि बनाएको छ ।

वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सरोज सिटौला सदस्य सचिव रहेको अनुगमन समितिले यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाए/नबनाएको अनुगमन गर्ने पनि महासंघका अध्यक्ष कर्माचार्यले बताए । त्यसैगरी टिकट काउन्टर व्यवस्थापन समितिले टिकट वितरणको उचित व्यवस्था गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);