सुशासनको पक्षमा ओली सरकार चुक्यो : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुशासनको पक्षमा ओली सरकार चुक्यो : गगन थापा

काठमाडौं, ८ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले लामो सयमपछि देशमा वलियो सरकार बने पनि सुशासनको पक्षमा यो सरकार चुकेको बताएका छन् ।  सोमवार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन यो सरकार असफल भएको आरोप लगाएका हुन् ।

उनले ५ वर्षको अवधीमा पनि सरकारले अपेक्षा अनुसार काम गर्न नसकेमा पद्धती माथी नै प्रश्न उठ्ने बताए । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले प्रतिपक्षको भूमिका सकारात्मक ढंगले अगाडी वढेपनि नराम्रो कामको सशक्त विरोध गरिने चेतावनी दिए । उनले संघीयताबारे प्रधानमन्त्री के.पी शर्मा ओली आफै नै अस्पष्ट हुँदा प्रदेश सरकार कमजोर बन्दै गएको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);