रौतहटमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीद्धारा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रौतहटमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीद्धारा तोडफोड

rautahat katahariya nagarpalika

रौतहट, १० असोज । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छ । कटहरिया नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले नगर अन्तर्गतका एक प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेपछि आक्रोशित विद्यार्थीहरु तोडफोडमा उत्रिएका हुन् ।

एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिका अन्तर्गतका आक्रोशित विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तोडफोड गरेर ठुलो क्षति पु¥याएको नगरपालिकाको भनाई छ ।

ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी १० भन्दा बढी कम्प्युटर र ल्यापटप फुटेका छन् भने ५० भन्दा बढि कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका तोडफोड भएको छ । आक्रोशित विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फाल्नुका साथै विद्युतिय उपकरणहरुमा पनि क्षति पु¥याएका नगरपालिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);