जिल्ला अस्पताल सिरहाको सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जिल्ला अस्पताल सिरहाको सेवा ठप्प

siraha hospital

सुरेन्द्रकुमार कामती
सिरहा, ३ बैशाख
। जिल्ला अस्पताल सिरहाको चिकित्सकहरुले नै अस्पतालको सेवा ठप्प पारेका छन् । तलब भत्ता नपाएको भन्दै चिकित्सकहरुले अस्पतालको सेवा ठप्प पारका हुन् । सेवा ठप्प भएपछि उपचारका लागि आएका बिरामी मारमा परेका छन् ।

सिरहा जिल्ला अस्पतालमा विभिन्न ठाउँबाट उपचारका लागि आएका बिरामी बिल काटेर चिकित्सकको पर्खाइमा बसेका थिए । तर अस्पतालमा आएका चिकित्सकहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिए ।तलब भत्ता नपाएका भन्दै चिकित्सकहरुले सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण बिरामी मारमा परेका छन् ।

बिना सूचना चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तलब भत्ताको लागि सिरहा नगरपालिकामा पहल गरिरहेको र बजेट निकासा नभएको अस्पतालको भनाई छ । चिकित्सकहरुको माग आफ्नो ठाउँमा जायज होला तर स्वास्थ्य जस्तो संवेधनशिल विषयमा कसैले पनि खेलवाड गरिनु हुन्न।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);