कोरोना संक्रमित आज ६ सय ४१ जना, उपत्यकामा मात्रै १ सय ७२ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोरोना संक्रमित आज ६ सय ४१ जना, उपत्यकामा मात्रै १ सय ७२

काठमाडाैं, ३२ साउन । आइतबार नेपालमा ६ सय ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ६ सय ४१ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो।संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय ७२ जना रहेका छन ।

यसैगरी नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा पर्साका एक जना पुरुष र मोरङकी एकजना महिला रहेका छन । योसंगै कोरोनाबाट मृत्यु हुनेको स्ंख्या १ सय ४ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये १७ हजार ३ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन । अहीले देशैभरी गरेर ९ हजार २ सय २१ जना संक्रमित आइसोलेशनमा उपचाररत रहेका छन भने क्वारेन्टिनमा रहनेको संख्या १५ हजार २ सय ४३ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);