खोप आयातमा एक पैसा भ्रष्टाचार भएकौ छैन : मन्त्री त्रिपाठी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

खोप आयातमा एक पैसा भ्रष्टाचार भएकौ छैन : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन मार्फत मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए ।

मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । झुटा अफवाह फैलाउने कुरा नबोल्नुस’ ।

कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य जारी समेत गरेका थिए ।

नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने चाहिँ खुलाएनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);