फागुन २३ देखि ५५ वर्ष माथिकालाई कोरोना खोप दिइन्छ : मन्त्री त्रिपाठि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

फागुन २३ देखि ५५ वर्ष माथिकालाई कोरोना खोप दिइन्छ : मन्त्री त्रिपाठि

जीवन न्यौपाने
नवलपरासी, १० फागुन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले फागुन २३ देखि सञ्चालन हुने तेस्रो चरणको कोरोना खोप अन्तर्गत ५५ वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई खोप दिइने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्धारा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको निरन्तरताका लागि अक्षय कोष स्थापनाको शुभारम्भ कार्यक्रममा गृहजिल्ला पुग्नुभएका मन्त्री त्रिपाठीले सो कुरा बताउनुभएको हो ।

कोरानाको जोखिम अझै पनि कम नभएको कारण सरकारले गरेको बिगतकको निर्णय अनुसार ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई मात्र कोभिडबिरुद्ध खोप निशुल्क दिने योजना रहेपनि हाल सरकारसंग पर्याप्त मात्रमा खोप उपलब्ध भएको हुदाँ अब ५५ बर्ष भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई स्थानिय खोप केन्द्रबाट कोभिड बिरुद्धको खोप सेवा सञ्चालन गरिने मन्त्री त्रिपाठीले बताउनुभयो ।

अध्यक्ष गोपाल अर्चायको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सासद एव नेकपाका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, सुनवल नगरपालिकाका नगरउप्रमुख दधिराम अर्याल, भूमि सम्बन्धी अयोगका जिल्ला अध्यक्ष बिमला अर्याल लगायतले अफानो धारण राख्नुभएको थियो । कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाले दिएको जानकारी अनुसार हाल उक्त कोषमा २५ लाख रुपैयाँ नगद जम्मा भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);