ललितपुर महानगरमा जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

ललितपुर महानगरमा जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइयो

ललितपुर । ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।

ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो ।

खोप कार्यक्रम बुधबार एकदिन मात्रै सञ्चालन हुने जनाएको छ । महानगरपालिका भित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको छ ।

खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भएपनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै पाटन हाइस्कुल खोपकेन्द्रमा आएका जोगरत्न बज्राचार्यले असन्तुष्टि जनाए ।

देवेन्द्र राज शर्माले खोपकेन्द्रमा वृद्धवृद्धालाई व्यवस्थित रुपले नराखिएको बताए । उनले प्रत्येक वडाले आ–आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताए । व्यवस्थित तरिकाले खोप केन्द्र सञ्चालन नभएको उनको टिप्पणी छ ।

कोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);