नागार्जुन नगरपालिकाको वार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागार्जुन नगरपालिकाको वार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथाकार्यक्रम सार्वजनिक गरेको छ । बुधबार स्वीचाटारमा पाँचौं नगर सभामा ‘समृद्ध नागार्जुनको आधार, पर्यटनसहितको पूर्वाधार’ भन्ने मूलनाराका साथ बजेट ल्याइएको हो ।

कार्यक्रममा नगर उपप्रमुख सुशिला अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा नगरले कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्रथामिकतामा राखेको छ ।

नगरको वार्षिक नीति तथा कार्यक्रममा नगरको पुर्वाधार विकास, आर्थिक विकास, पशु, कृषि, सहकारी, उद्योग व्यवसाय, पर्यटन तथा ऐतिहासिक एवम् धार्मिक स्थलको संरक्षण, श्रम तथा रोजगार लगायतका विषयहरु समावेश गरिएको छ ।

नगरपालिकाले कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रथमिकतामा राख्ने बताएको छ ।

नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नगर उप– प्रमुख सुशिला अधिकारी, वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);