लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई : स्वास्थ्य मन्त्री त्रिपाठी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौँ, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई भएको बताउनु भएको छ ।शनिबार खोप वितरणको अनुगमनका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुग्नु भएका मन्त्री त्रिपाठीले प्रदेशमा खोप वितरणमा ढिलाई भएको बताउनु भएको हो ।

उहाँले प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुसँग खोप वितरण ढिला हुनुको कारणबारेसोधपुछ गर्नु भएको छ ।सरोकारवालाहरुलाई वितरणमा भएको ढिलाईबारे जानकारी दिँदै मन्त्री त्रिपाठीले खोप वितरणको अभियानमा साथ नदिनु भनेको जनघात भएको बताउनु भयो ।

त्यसैगरी मन्त्री त्रिपाठीले लुम्बिनी प्रदेशका रुकुम र रोल्पाका अस्पतालका प्रमुखहरुलाई फोन गर्दै खोप पुगेको नपुगेको र वितरणको बारेमा जानकारी लिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);