कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय नाघ्यो

काठमाडौं, १३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृकको संख्या २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना महिला र ९ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाका ३० वर्षिया, काठमाडौंका ५१ वर्षिया र भक्तपुरको ६२ वर्षिया महिला रहेका छन । यसैगरी पर्सामा ४८ र ३९ वर्षिय, ललितपुरमा ७२ र ६१ वर्षियको पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

यसैगरी सिरहामा ८४ वर्षिय पुरुष, गोरखामा ३८ वर्षिय, कास्कीमा ५८ वर्षिय, काठमाडौंमा ८३ वर्षिय र भक्तपुरमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);