कोरोनाबाट आज थप ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाबाट आज थप ८ जनाको मृत्यु

काठमाडाैं, ८ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षिय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो ।

यस्तै सुनसरीमा ६८ वर्षिय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षिया महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);