आईसोलेसनमा मेस्तरले विरामीलाई जाँचेको विषयमा अनुसन्धान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईसोलेसनमा मेस्तरले विरामीलाई जाँचेको विषयमा अनुसन्धान सुरु

बटुकनाथ झा
जनकपुरधाम, ७ भदौ
। धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ५ मा रहेको प्रादेशिक आईसोलेसन सेन्टरमा रहेका कोरोनाका विरामीहरुलाई स्वास्थ्यकर्मीका स्थानमा मेस्तरले ज्वरो नाप्न पुगेको घटनाको अनुसन्धान सुरु भएको छ ।

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा सम्बन्धी स्वास्थ्यकर्मीहरु समेत रहेको बेलामा सरसरफाई कर्मचारीले कोरोना संक्रमित व्यक्तिको तापक्रम जाँचेको विषयमा अनुसन्धान सुरु भएका कोभिड १९ धनुषाका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनुभएको छ । उहाँले प्रेश विज्ञप्ती जारी गर्दै समाजिक संजालमा भाइरल भएको भिडियोको बारेमा सत्य तथ्य छानविन गरी २४ घण्टाभित्र विवरण सार्वजनिक गर्ने बताउनुभएको छ ।

भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रेश विज्ञप्तीमा लेखिएको छ, ‘क्वारेन्टीनमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी टीमलाई प्रादेशिक अस्पताल जनकपुरमा झिकाइएको छ । सोको बारेमा सत्यतथ्य छानविन गरी विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ । साथै रिक्त भएको स्वास्थ्यकर्मी टिमको ठाउँमा नयाँ टिम ७ गतेदेखि खटाइने छ । ‘

यस्तै समाजिक संजाल फेसबुक मार्फत डा. सिंहले स्वीपरले थर्मोगन प्रयोग गरी लिएको तापक्रम बारे अन्यथा नबुझ्न आग्रह गर्नुभएको छ । ‘अस्पतालको गेट देखी सार्वजनिक सबै ठाँउमा गैर स्वास्थ्यकर्मीहरुले नै विश्व भर तापक्रम लिने गरेको छ । स्वीपरले बिरामी जाचेको होइन । नियमित रुपले चिकित्सक तथा हेल्थ असिस्टेन्टले तापक्रम र अन्य भाइटल लिने गरेको छ । यधपी यस सम्बन्धमा अनुसन्धान गर्न ड्युटीमा रहेको स्वास्थ्य टिम लाई फिर्ता बोलाईएको छ,’ उहाँले लेख्नुभएको छ ।

आईसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित पत्रकारले थर्मल गन लिएर विरामीको तापक्रम जाँच गर्न पुगेका पिपिई लगाएका व्यक्तिलाई शरीरको नर्मल तापक्रम कति हुनुपर्ने सोधे पछि ती ब्यक्तिले आफु सरसफाईकर्मी रहेको र स्वास्थ्यकर्मीले तापक्रम नाप्न पाठाएको भन्दै आफुलाई केहि थाहा नभएको बताएका थिए । त्यसपछि सो आईसोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुको लापारबाही बाहिर आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);