गाडेको शव उत्खनन गरि ५ महिना पछि दाहसंस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

गाडेको शव उत्खनन गरि ५ महिना पछि दाहसंस्कार

अर्घाखाँची, १८ कार्तिक । अर्घाखाँचीमा शव गाडेको करीव ५ महिनामा उत्खनन गरेर हिन्दु परम्परा अनुसार एक पुरुषको दाहसंस्कार गरिएको छ । कोरोनाका कारण ज्यान गुमाएका एक पुरुषको शवलाई करीव ५ महिनामा दाहसंस्कार गरिएको हो ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै मृत्यु भएको थियो । स्वाव परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् ।

अहिले ५ महिनामा शवलाई उत्खनन गरेर हिन्दु परम्पराअनुसार शवको अन्त्यष्टि गरिएको आफन्त प्रकाश खनालले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);