राजनीतिक दलले इगो, तागत र दम्भको भरमा नाराजुलुस र भीड गर्ने कुरा नागरिकको हितमा छैन : तारादेवी भट्ट | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

राजनीतिक दलले इगो, तागत र दम्भको भरमा नाराजुलुस र भीड गर्ने कुरा नागरिकको हितमा छैन : तारादेवी भट्ट

काठमाडाैं । राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्ने कुरा नागरिकको हितमा नभएको बताएकी छिन् । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टले यस्ता विविध कार्यमा हिँड्नु नागरिकहरुको हितमा नभएको थाहा हुँदाहुँदै शब्दहरुको दुरुपयोग गरी हिँड्नु समय र परिस्थितीे नसुहाउँदो भएको बताएकी हो ।

उनीले विधिको शासन भ्रष्टाचार मुक्त समाज लोकतन्त्र एवं प्रजातन्त्रको रक्षाका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने बताइन् । संविधान एकजुट भएर पारित गरेको, मिलेरै गणतन्त्र स्थापित भएको तर कोरोना विरुद्ध किन एकजुट हुन नसकेको, आ–आफ्नो बाटो कि हिँडिरहेको ? भन्दै प्रश्न गरे । उनीले अहिले जनसरोकारको हित बिपरित् हिँड्नु भनेको कोभिड–१९ लाई बढाउनु भएको बताइन् ।

उनीले सबैले दम्भ र घमण्ड त्यागेर मात्रै सफल बन्न सकिने धारणा राखिन् । उनीले बाढी, पहिरो, भूःस्खलन, अधिक वर्षा जस्ता प्रकृतिक प्रकोपहरुबाट धेरै जनधनको क्षति भएको बताउँदै यसतर्फ सरकार र गृहमन्त्रालयले गम्भीर ध्यान दिनुपर्ने बताए । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको तेश्रो लहरको चेतावनी दिइरहेकोले झनै सतर्क रहनुपर्ने बताइन् ।

उनीले भनिन् , “जुनसुकै राजनीतिक दलले इगो तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्नु नागरिकको हितमा छैन, यी विविध कुराहरुमा शब्दहरुको दुरुपयोग गरी हिँड्न् समय र परिस्थिती नसुहाउँदो हो, यसरी हिँड्नु कोभिड १९ लाई बढाउनु हो, त्यसैले भ्रष्टाचार मुक्त समाज, लोकतन्त्र एवं प्रजातन्को रक्षाका लागि सबैजना एक ठाउँमा हुनुपर्छ ।”

उनीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसक्दा पनि किन पत्ता लाग्न सकेन भन्दै प्रश्न गरिन् । साथै उनीले कसको निर्देशनमा प्रमाणहरु नष्ट गरेको र २४ घण्टामै निर्मलाको शवलाई महाकाली लगेर दाहसंस्कार गर्ने काममा प्रहरीले किन हतार गरेको भन्दै प्रश्न गरेकी छिन् । उनीले अबको सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

उनीले भनिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसकेको छ, अहिलेसम्म किन हत्यारा पत्ता लाग्न सकेन, कसको निर्देशनमा प्रमाणहरु नष्ट गरियो र २४ घण्टा नबित्दै किन निर्मलाको शवलाई महाकालीमा लगरे पुलिसले दाहसंस्कार गर्यो ? यसको सत्य तथ्य कुरा अबको सरकारले बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्छ ।”

उनीले यो बजेट अध्यादेशबाट आएको र राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर बजेट ल्याएको र सदन पनि स्थगीत गरेर आएकोले बजेटलाई संसदीय छलफलमा ल्याउन माग गरेकी छिन् ।

उनीले भनिन्, “यो बजेट अध्यादेशबाट आएको हो, राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर र सदन स्थगीत गरेर बजेट ल्याएको छ, अब यसलाई संसदीय छलफलबाट ल्याउन सरकारसँग माग गर्दछु ।”

उनीले बजार व्यवस्थामा मनपरी भइरहेकोले खाद्य पदार्थको गुणस्तर तर्फ ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन्।

Leave a Reply