राजनीतिक दलले इगो, तागत र दम्भको भरमा नाराजुलुस र भीड गर्ने कुरा नागरिकको हितमा छैन : तारादेवी भट्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राजनीतिक दलले इगो, तागत र दम्भको भरमा नाराजुलुस र भीड गर्ने कुरा नागरिकको हितमा छैन : तारादेवी भट्ट

काठमाडाैं । राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्ने कुरा नागरिकको हितमा नभएको बताएकी छिन् । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टले यस्ता विविध कार्यमा हिँड्नु नागरिकहरुको हितमा नभएको थाहा हुँदाहुँदै शब्दहरुको दुरुपयोग गरी हिँड्नु समय र परिस्थितीे नसुहाउँदो भएको बताएकी हो ।

उनीले विधिको शासन भ्रष्टाचार मुक्त समाज लोकतन्त्र एवं प्रजातन्त्रको रक्षाका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने बताइन् । संविधान एकजुट भएर पारित गरेको, मिलेरै गणतन्त्र स्थापित भएको तर कोरोना विरुद्ध किन एकजुट हुन नसकेको, आ–आफ्नो बाटो कि हिँडिरहेको ? भन्दै प्रश्न गरे । उनीले अहिले जनसरोकारको हित बिपरित् हिँड्नु भनेको कोभिड–१९ लाई बढाउनु भएको बताइन् ।

उनीले सबैले दम्भ र घमण्ड त्यागेर मात्रै सफल बन्न सकिने धारणा राखिन् । उनीले बाढी, पहिरो, भूःस्खलन, अधिक वर्षा जस्ता प्रकृतिक प्रकोपहरुबाट धेरै जनधनको क्षति भएको बताउँदै यसतर्फ सरकार र गृहमन्त्रालयले गम्भीर ध्यान दिनुपर्ने बताए । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको तेश्रो लहरको चेतावनी दिइरहेकोले झनै सतर्क रहनुपर्ने बताइन् ।

उनीले भनिन् , “जुनसुकै राजनीतिक दलले इगो तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्नु नागरिकको हितमा छैन, यी विविध कुराहरुमा शब्दहरुको दुरुपयोग गरी हिँड्न् समय र परिस्थिती नसुहाउँदो हो, यसरी हिँड्नु कोभिड १९ लाई बढाउनु हो, त्यसैले भ्रष्टाचार मुक्त समाज, लोकतन्त्र एवं प्रजातन्को रक्षाका लागि सबैजना एक ठाउँमा हुनुपर्छ ।

उनीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसक्दा पनि किन पत्ता लाग्न सकेन भन्दै प्रश्न गरिन् । साथै उनीले कसको निर्देशनमा प्रमाणहरु नष्ट गरेको र २४ घण्टामै निर्मलाको शवलाई महाकाली लगेर दाहसंस्कार गर्ने काममा प्रहरीले किन हतार गरेको भन्दै प्रश्न गरेकी छिन् । उनीले अबको सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

उनीले भनिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसकेको छ, अहिलेसम्म किन हत्यारा पत्ता लाग्न सकेन, कसको निर्देशनमा प्रमाणहरु नष्ट गरियो र २४ घण्टा नबित्दै किन निर्मलाको शवलाई महाकालीमा लगरे पुलिसले दाहसंस्कार गर्यो ? यसको सत्य तथ्य कुरा अबको सरकारले बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्छ ।

उनीले यो बजेट अध्यादेशबाट आएको र राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर बजेट ल्याएको र सदन पनि स्थगीत गरेर आएकोले बजेटलाई संसदीय छलफलमा ल्याउन माग गरेकी छिन् ।

उनीले भनिन्, “यो बजेट अध्यादेशबाट आएको हो, राष्ट्रिय सभाजस्तो गरिमामय जनतासँग सरोकार राख्ने सदन हुँदाहुँदै सरकारले बाइपास गरेर र सदन स्थगीत गरेर बजेट ल्याएको छ, अब यसलाई संसदीय छलफलबाट ल्याउन सरकारसँग माग गर्दछु ।

उनीले बजार व्यवस्थामा मनपरी भइरहेकोले खाद्य पदार्थको गुणस्तर तर्फ ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);