बर्षाका कारण डडेल्धुराका अधिकांश सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्षाका कारण डडेल्धुराका अधिकांश सडक अवरुद्ध

sadak abaruddha

बिमल जैरुको
डडेल्धुरा, २१ भदौ
। डडेल्धुरा जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन । केही दिनको वर्षाका कारण सडकमा पहिरो गएपछि बगरकोट–शिराड, रुपाल–बोकटा लगायतका सडक अवरुद्ध भएका हुन् ।

डडेल्धुरा जिल्लाका अधिकाश सडक अवरुद्ध भएपछि भागेश्वर गाउँपालिकाका केही वडाका स्थानियहरु मारमा परेका छन् । सात नम्वर प्रदेशको प्रमुख चाड गौरा पर्वका समयमा पनि सडक अवरुद्ध हुँदा स्थानियलाई झन समस्या परेको हो ।

वर्षाले डडेल्धुरा जिल्लामा अहिले जताततै पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । संचालनमा रहेका सडकमा पनि जोखिम मोलेर यातायात संचालन गर्नु परेको सवारी चालक बताउँछन्

सरकारले डडेल्धुरा जिल्लामा मात्रै वर्षनी करोडौ बजेट छुट्याउँदै आएको छ । जनताको करबाट वनेका यी ग्रामिण सडक वर्षात संगै वेहाल देख्दा यात्री समेत दिक्दार मान्दछन् ।

उत्ता सडकको शिराड र रुपाल गाउँ क्षेत्रमा रहेको सडक खण्डमा विभिन्न स्थानमा सडक माथीवाट गएको पहिराले गर्दा सडक अवरुद्ध भएको छ । चाडवाडको मुखमा आएर अवरुद्ध भएका ग्रामीण सडकहरु तुरुन्त सुचारु गर्न स्थानीयले सरकार संग माग समेत गरेका छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);